पुर्व युवराज पारस शाहसंग नजिक भएको चर्चा चुलिए पछि सोनीका रोकायाले आफ्नो नाममा थपिन् ‘सरकार’

News Social

काठमाडौं, २९ असोज । विवादास्पद छविका पुर्व युवराज पारस शाह र उस्तै विवादास्पद छवी भएकी यूट्यूबर तथा मोडल सोनीका रोकायाको नाम जोडिएर सामाजिक संजालमा थुप्रै समाचार बन्न थालेका छन् । दरवारमार्गस्थित सोनिकको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारस पछिल्लो समय सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरुको बिचको निकटताले झन चर्चा कमाएको हो ।

यति मात्र नभएर सोनिकाले पारससँगका केही टिकटक भिडियो समेत आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्दै आइरहेकी छन् । पूर्व युवराज पारससँग नाम जोडिएको विषयमा कुरा गर्दै सोनिकाले त्यसमा कुनै सत्यता नरहेको र तथ्य नबुझी लेखिएको बताइन् । ‘उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि । यसको आधारमा यस्तो भनिएको हो । मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु । म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु । अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा ।

यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला । केटी भएँ त्यसैले यस्तो भएको हो । हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन् । मेरो बारेमा मलाई नसोधी लेखिएको छ ।’ सोनीकाले यसो भनि रहदा उनले आफ्नो फेसबुक आइडीको नाम नै ‘सरकार’ राखेर फेरेकी छिन । लगभग ८० हजार फलोअर रहेको उनको फेसबुकमा ‘रोकाया सरकार सोनीका’ बनाएकी छिन ।

यो पनि हेर्नुहोस्ः पुर्व युवराज पारस शाह र युट्युबर सोनीका रोकाया पोखरामा यस्तो अबस्थामा भेटेपछि समर्थकले गरे कडा प्रश्न – प्राय जसो विवादमा आइरहने पुर्व युवराज पारस शाहको चर्चा सामाजिक संजालमा एकाएक चुलिएको छ । त्यसको कारण हो उनको सम्बन्ध एक युट्युबरसंगको भिडियो । हो सामाजिक संजालमा अहिले पुर्व युवराज पारस र उत्श्रींखल छबी बनाएकी युट्युबर सोनीका रोकायाको एक भिडियो भाइरल भइरहेको छ । भिडियो छोटो र अपुरो भएपनि पारसले आफ्नो विलासी मोटरसाइकल हार्ली डेभिडसनमा सोनीकालाई राखेर हुइकिएको स्पष्ट देखिन्छ ।

सुमन नाम गरेको टिकटक आइडीमा अपलोड भएको करिब ३३ सेकेन्डको उक्त भिडियोमा पारसले केहि युवाहरुसंग असन्तुष्टि जनाउदै गरेको देखिन्छ । उनले भनिरहेका छन – ‘यो वादी उ वादी भनेर छुट्याउने हैन हामी सबै नेपाली हो’ । छोटो कुराकानी कै क्रममा सोनीका रोकाया परबाट फटाफट आएर पारसको बाइक पछाडी बस्छिन । सोनीका बसेपछि पारसले तत्काल बाइक स्टार्ट गरेर हुइकिन्छन । भिडियो निक्कै छोटो भएको हुनाले खास केहि कुरा स्पष्ट नभएपनि पारस र सोनिकाको निकटता भने बढेको स्पष्टै देखिन्छ ।

पछिल्लो समय सोनिकाले पारसलाई पृष्ठभूमिमा राखेर टिकटक भिडियो समेत बनाने गरेकी छिन । हुनत यति कारणले उनीहरु प्रेममा छन भन्ने कुनै प्रमाणित हुदैन तर निकटतामा भने अवश्य भएको बुझिन्छ । सोनीकासंगको निकटताले गर्दा राजाबादीहरुले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग यसरी नारिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *