चितवन मेडिकल कलेजको होस्टेलमा भेटियो सर्ट ग न, विप्लवपुत्र प्रकाश चन्दको हुनसक्ने प्रहरीको आशं का….

News

चितवन, ७ मङ्सिर । भरतपुरस्थित नयाँ मेडिकल कलेजको होस्टेलमा सर्ट ग न फेला परेको छ । होस्टेलको सुरक्षा गार्डले होस्टेल परिसरमा शं का स्पद गतिविधि देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात सिएमसीको होस्टेलमा पुगेर प्रहरीले छापा मार्दा प्रहरीले सो सर्ट ग न फेला पारेको जनाएको हो । होस्टेलमा सर्ट ग न फेला परेपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सो होस्टेललाई घेरा हालेर थप खानतलासी गरिरहेको छ ।

एमबीबीएसको अन्तिम सेमेस्टार सकाएपछि पनि नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द होस्टेलमा बस्दै आएको हुनाले सो सर्ट ग न उनले ल्याएको हुनसक्ने प्रहरीले आ शंका गरेको छ । घटना बारे चितवन प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ, भने अनुसन्धानको विषय भएको हुनाले थप विवरण दिन नमिल्ने बताएको छ ।

यो पनि हेर्नुहोस्ः चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा गो लीसहित पे स्तोल भेटियो…बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको यहाँको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ ।भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो बेवारिसे पेस्तोल भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो । त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामत गरिएको उहाँले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार आज दिउँसो ३ ः ३० बजे पेस्तोलसहित गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो ।

प्रहरी उपरीक्षक मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन शुरु गरिएको बताउनुभयो । कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ । दशैँपछि एक साता पढाइ भए पनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ । कलेज परिसरमै रहेको आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा २०० विद्यार्थी बसोबास गर्छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *